काठमाडौं : प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषा धनौजी गाउँपालिका–५ ठेगाना भएका मो. ताहिर राईनलाई पक्राउ गरेको हो ।एनसिबि कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने प्रयोजनार्थ सोमबार बिहान नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् प