संसदीय व्यवस्थामा संसद् नै जनतासँग संवाद गर्ने मुख्य र सर्वोच्च माध्यम हो। त्यसैले संसद् चलेको बेला यसैलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। राजनीतिक दलका नेताहरू, संसदीय दलका सदस्यहरू र जनप्रतिनिधिसँगको भेटघाट केवल औपचारिक बैठकमा मात्र सीमित हुनुहुँदैन।संसद् स्थगन भएको वा फुर्सदको समयमा पनि संसद्भित्रै घुलमिल हुने, कुराकानी गर्ने र शुभकामना आदानप्रदान गर्ने जस्ता सहज व्यवहारले राजनीतिमा आत्मीयता ल्याउँछ। प्रधानमन्त्री प्रशासनिक रूपमा टाढा वा घेराबन्दीमा होइन, जनताका मानिससरह सहज र पहुँचयोग्य हुनुप