चितवन । चितवनमा ग्यासको अभाव भएपछि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्दै ८०२ घरमा खाना पकाउने ग्यासको सिलिण्डर पुर्याएको छ । असहाय, अशक्त, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक तथा विद्यार्थीलाई लक्षित गरी प्रशासनले ग्यास घरमै पुर्याउने व्यवस्था मिलाएको हो । गत एक सातामा प्रशासनको टोल फ्रि नम्बरमा ग्यास अभाव भएको गुनासो टिपाएका