जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प

  • मङगलबार २६ साउन २०८३ ०५:०८ AM
काठमाडौं । जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ९ बजेर ८ मिनेटमा जाजरकोटको कल्सेनीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । केन्द्रका भूकम्प विज्ञ राजेश शर्माका अनुसार भूकम्पको म्याग्नेच्युड ४.१ रहेको छ । भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन ।