सानिगाड हाइड्रो लिमिटेडले वित्तीय खर्चमा उल्लेख्य कमी ल्याउन सफल भएपछि गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको नाफा करिब चार गुणाले बढेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ३९०.१५ प्रतिशतले वृद्धि भई २६ करोड ५८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ४२ लाख रुपैयाँ