रियाद । साउदी अरबको रियादस्थित एउटा सोफा कारखानामा लागेको आगोमा परी १६ जना बंगलादेशी कामदारको मृत्यु भएको छ । आगलागीमा परी कम्तिमा १६ जना बंगलादेशी नागरिकको मृत्यु भएको पुष्टि भएको बंगलादेशको विदेश मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार साउदी अरबको मुसा सनाइया क्षेत्रमा रहेको उक्त कारखानामा आइतबार अबेर आगलागी भएको थियो । बंगलादेश सरकारले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस कठिन घडीमा मृतकका परिवारलाई पूर्ण सहयोग उपलब्ध गराइने जनाएको छ । त्यसो त बंगलादेशको विदेश मन्त्रालयले साउदी अरबसँग समन्वय भइरहेको जनाएको छ । आगलागीको घटनापछि बंगलादेशी दूतावासका अधिकारीहरू घटनास्थल पुगेका ... The post साउदीको सोफा उद्योगमा आगलागी हुँदा १६ बंगलादेशीको मृत्यु appeared first on Kalika Khabar.