कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमाको दायरामा ल्याउने भएको छ । यसअघि दलित, अपाङ्गता भएका तथा अशक्त नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको गाउँपालिकाले यस वर्षदेखि भने सबै नागरिकको स्वास्थ्य बीमा गर्ने कार्यक्रम अघि बढाएको हो । गाउँपालिकाले स्वास्थ्य बिमाका लागि रु ९० लाख बजेट विनियोजन गरेको छ