काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चारदिने शाखा प्रबन्धक सम्मेलन सम्पन्न भएको छ । गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नारासहित सम्मेलन सम्पन्न गरिएको हो । सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी योजना, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती र कर्मचारीको क्षमता विकासका विषयमा छलफल तथा प्रशिक्षण दिइएको कम्पनीले जनाएको छ ।