काठमाडौं । लगातार भइरहेको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकखण्ड बन्द भएका छन् । बागमती प्रदेशमा वीपी राजमार्ग र कान्ति लोकपथमा रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ । वीपी राजमार्गको काभ्रे खण्डमा साँझ