सुकुम्बासीको पीडा : ‘सरकारले घरबाट होइन, देशबाटै लखेट्यो’

  • मङगलबार २६ साउन २०८३ ०८:०० AM
नेपालगन्ज : साउने झरी परिरहेको थियो। नेपालगन्जका सडक भिजेका थिए। त्यही सडकमा मीना उपाध्याय भने आफ्नी डेढ वर्षकी छोरीलाई पिठ्युँमा बोकेर हिँडिरहेकी थिइन्। उनको हातमा एउटा प्लेकार्ड थियो, ‘घरबासको व्यवस्था गर।’सरकारले त साथ दिएन नै, साउने झरीले समेत घरबासविहीन ती महिलाको अर्को कठोर परीक्षा लिँदै थियो। बस्ने घर छैन। भएको छाप्रो पनि सरकारले भत्काइदिएको छ। पति साथमा छैनन्। चार महिनादेखि घरभाडा तिर्न सकेकी छैनन्। अब भाडा तिर्न नसके आफू बसिरहेको ठाउँबाट पनि निकालिनुपर्ने चिन्ता छ। त्यस