कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

  • मङगलबार २६ साउन २०८३ ०२:०६ AM
मुस्ताङ । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पक्की मोटरेबल पुल सम्पन्न भएको छ । आयोजनाका अनुसार हालसम्म पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरोला नाकासम्मको २०२ किलोमिटर सडकखण्डमा १५ वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् । विसं २०७५ पुस ९ गते ठेक्का सम्झौता भएको घमी खोला