काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा दोस्रो संस्करणको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन तथा अटोमोबाइलसम्बन्धी सामग्री प्रदर्शनमा राखिने आयोजकले जनाएको छ । एक्स्पोमा करिब ४० वटा नयाँ मोडल सार्वजनिक तथा लन्च गरिने नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले जानकारी दिइन्