अस्पताल : उपचारस्थल कि हिंसाको रणभूमि ?

  • मङगलबार २६ साउन २०८३ ०७:०१ AM
स्वास्थ्य सेवा केवल प्रविधि होइन, यो जीवन सुम्पिने बिरामी र बचाउन संघर्ष गर्ने चिकित्सकबीचको अगाध विश्वासको सेतु हो। तर, जब उपचारका क्रममा निस्कने असफल परिणामहरू असन्तुष्टि हुँदै हिंसामा परिणत हुन्छन्, तब यो पवित्र सेतु नराम्ररी भत्किन्छ। पछिल्लो समय अस्पतालहरू कसरी असुरक्षित बन्दैछन् भन्ने दृष्टान्त साउन महिनाका तीन घटनाले प्रस्ट पार्छन्।नारायणी अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सकमाथि कुटपिट र तोडफोड भयो। भक्तपुर अस्पतालको आईसीयू विवादमा स्वास्थ्यकर्मीमाथि कैंची प्रहार गरियो। उता, कालीकोटको प