काठमाडौं : नेपालको एकदिवसीय क्रिकेटको कप्तानको जिम्मेवारी फेरि एकपटक सन्दीप लामिछानेको काँधमा आएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहित पौडेललाई विस्थापित गर्दै सन्दीपलाई एकदिवसीय राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको हो। ‘आगामी अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपदेखि लागू हुने गरी नेपाल क्रिकेट टोलीको एकदिवसीय कप्तानका रुपमा सन्दीप लामिछानेलाई चयन गरिएको छ’, क्यानका सचिव पारस खड्काले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। एसिया