बुटवल/काठमाडौं : अन्तर्राष्ट्रिय उडानका हिसाबले नेपालकै सबैभन्दा ठूलो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा अहिले उडान शून्य छ। आक्कलझुक्कल हुने चार्टर्ड विमानबाहेक यहाँ नियमित उडान छैन।विगत पाँच महिनादेखि नियमित उडान शून्य छ। त्यसअघि थाई एयर एसियाको विमान हप्तामा एक/दुई पटक आउने गरेको थियो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो विमानस्थलमा उडान नहुँदा यस क्षेत्रका लगानीकर्ताहरू निराश बनेका छन्।तर, उडानै नहुने विमानस्थलमा सरकारले दर्जनौं कर्मचारीहरूलाई करारमा भर्ना गरेको छ।