इटहरीको शिक्षा सुधार : कार्यक्रम थपिए, विद्यार्थीको सिकाइ कति फेरियो ?

  • सोमबार २५ साउन २०८३ ११:२५ PM
कोबिद जङ्ग कार्की इटहरी :  इटहरी उपमहानगरपालिकाले सामुदायिक विद्यालय सुधारका नाममा वर्षेनी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। विद्यालय भवनदेखि डेक्स–बेन्च, पोषणयुक्त खाजा, विद्यालय नर्सिङ सेवा, शिक्षक क्षमता विकास, अंग्रेजी माध्यम, ‘पढ्दै कमाउँदै’ कार्यक्रम र अभिभावक परिचालनसम्मका योजना अघि