काठमाडौं । प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा-१४ कृष्णप्रणामी चोकमा लागुऔषध ब्राउनसुगरको खरिद बिक्री भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा लागुऔषध नियन्त्रण ब्यूरो वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतका शत्रुधन पासवानलाई आज पक्राउ गरेको हो । शङ्काष्पद रूपमा पैदल हिँडिरहेका निजलाई रोकी खानतलासी गर्दा