काठमाडौं : स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान (एलडीटीए)मा कार्यरत स्थायी कर्मचारीहरूले कानुनबमोजिम आफूहरूको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। प्रतिष्ठानको खारेजीको विषय उठिरहेका बेला त्यहाँ कार्यरत ३२ जना स्थायी कर्मचारीहरूले आफूहरूको सेवा, तहगत मर्यादा र ज्येष्ठता सुरक्षित हुने गरी सम्मानजनक व्यवस्थापन गर्न माग गरेका हुन्।कर्मचारीहरूले प्रतिष्ठानलाई खारेज गर्नुको सट्टा समयसापेक्ष पुनर्संरचना गरेर थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्। तीन दशकभन्दा लामो समयदेखि स्थानीय तहका जनप्रतिनिधि