मकवानपुर प्रशासनको बदलिँदो स्वरूप : भीडभाडमा भेटिने सीडीओदेखि सेवाग्राहीका लागि 'एसी कक्ष'सम्म

  • सोमबार २५ साउन २०८३ ०८:१३ PM
हेटौडा । सोमबार अपराह्नको ठ्याक्कै चार बजेको थियो । हेटौँडाको प्रचण्ड गर्मी छल्न मानिस शीतल छहारी खोजिरहेका थिए । तर, जिल्ला प्रशासन कार्यालय मकवानपुरको दृश्य भने अलि भिन्नै थियो । कार्यालय समय सकिनै लाग्दा पनि सेवाग्राहीको चाप घटेको थिएन । ठ्याक्कै त्यही समयमा सुट पेन्टमा ठाँटिएका एक व्यक्ति कार्यालयको मूल ढोकाबाट निस्किएर सिधै टोकन मेसिन र सोधपुछ कक्षतिर लागे । ती व्यक्ति अरू कोही नभएर मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वसन्त अधिकारी थिए । उनी कुनै औपचारिकता निभाउन होइन, बरु सेवाग्राहीले कत्तिको सास्ती पाइरहेका छन् र कर्मचारीले कसरी काम गरिरहेका छन् भनेर प्रत्यक्ष अनुगमन गर्न निस्किएका थिए । 'कति नम्बरको पालो आयो बा