अस्पतालभित्रको खाजा घरमा अनुगमन, अखाद्य कागजमा राखिएको २०० ग्राम निम्की नष्ट

  • सोमबार २५ साउन २०८३ ०२:२९ PM
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासोका आधारमा काठमाडौंका विभिन्न खाद्य व्यवसायमा आकस्मिक बजार अनुगमन गरेको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अनुगमन गर्दै विभिन्न खाद्य व्यवसायलाई सुधारका लागि निर्देशन दिएको छ। विभागका अनुसार २०८३/०४/२१ गते सिंहदरबारस्थित काठमाडौं महानगरपालिका–१० मा रहेका दुई खाद्य व्यवसायमा अनुगमन गरिएको थियो। किसु चमेना गृहमा खानेकुरामा कीरा भेटिएको भन्ने गुनासो आएपछि निरीक्षण गर्दा सरसफाइको अवस्था सामान्य नरहेको, भान्सा तथा भण्डारण कक्ष अव्यवस्थित रहेको र भाँडा सफा गर्ने स्थान तथा भान्सा सँगै रहेको पाइएको विभागले जनाएको छ। फ्रिजमा खाद्य पदार्थ भण्डारणको ... The post अस्पतालभित्रको खाजा घरमा अनुगमन, अखाद्य कागजमा राखिएको २०० ग्राम निम्की नष्ट appeared first on Kalika Khabar.