एलपी ग्यास अभावप्रति कांग्रेसको आपत्ति, केन्द्रीय बैठकले के–के निर्णय गर्‍यो ?

  • सोमबार २५ साउन २०८३ ०२:५६ PM
काठमाण्डु – नेपाली कांग्रेसले मुलुकमा देखिएको एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल ग्यासको आयात दोब्बर बढाएर पर्याप्त भण्डारण सुनिश्चित गर्न माग गरेको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकले सोमबार ग्यास आपूर्ति, ऊर्जा नीति, कृषि, महँगी तथा सुशासन लगायत विषयमा सरकारको आलोचना गर्दै विभिन्न निर्णय गरेको हो