काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको छ । लामिछाने चार वर्षपछि नेपाली टोलीको नेतृत्वमा फर्किएका हुन् । क्यानले रोहित पौडेललाई हटाएर लामिछानेलाई नेपाली एकदिवसीय (ओडीआई) टोलीको कप्तान नियुक्त गरेको हो । मलेसियामा हुने एसीसी प्रिमियर कपका लागि क्यानले सोमबार लामिछानेको नेतृत्वमा नेपाली टोली घोषणा गरेको हो ।