नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको आगामी १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ का रूपमा सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । सोमवार काठमाडौंमा नेपाली कांग्रेस सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । नेता सिंहले पार्टीभित्र विद्यमान विशेष महाधिवेशन र नियमित महाधिवेशनका पक्षधरबिच समन्वय हुनुपर्नेमा जोड दिए । उनले पार्टीलाई भावनात्मक