'व्यक्तिभन्दा विचार र गुटभन्दा सङ्गठन ठुलो हुनुपर्छ'

  • सोमबार २५ साउन २०८३ ०७:३२ PM
मेरो राजनीतिक यात्रा कुनै पद प्राप्त गर्ने योजनाबाट सुरु भएको थिएन । समाजमा विद्यमान असमानता, अन्याय, विभेद र शोषणको अन्त्य गर्दै एउटा न्यायपूर्ण समाज निर्माण गर्नुपर्छ भन्ने विश्वासबाट मेरो राजनीतिक चेतनाको विकास भयो । यही विश्वासले मलाई कम्युनिस्ट आन्दोलनतर्फ आकर्षित गर्‍यो र विद्यार्थी जीवनबाटै राजनीतिक सङ्घर्षमा होमिन प्रेरित गर्‍यो । अखिल (क्रान्तिकारी)को प्रारम्भिक सङ्गठनात्मक जिम्मेवारीबाट सुरु भएको मेरो यात्रा जिल्ला, क्षेत्र हुँदै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय जिम्मेवारीसम्म पुग्यो । जिम्मेवारीसँगै अनुभव थपिँदै गयो, सङ्घर्षका आयाम फराकिलो हुँदै गए र कम्युनिस्ट आन्दोलनलाई हेर्ने मेरो दृष्टिकोण पनि क्रमशः परिपक्व हुँदै गयो । विद्यार्थी आन्दोलन मेरो राजनीतिक जीवनको पहिलो महत्त्वपूर्ण विद्यालय बन्यो । अखिल (क्रान्तिकारी)को विद्यालय कमिटीको सचिवको जिम्मेवारीबाट सुरु भएको यात्रा क्रमशः जिल्ला सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै जिल्ला अध्यक्षसम्म पुग्यो । त्यसपछि केन्द्रीय जिम्मेवारी, प्रदेश कमिटीको नेतृत्व र अन्ततः केन्द्रीय महासचिवको भूमिकासम्म पुग्दा सङ्गठनलाई नजिकबाट बुझ्ने अवसर पाएँ । यी जिम्मेवारी मेरा लागि केवल पद थिएनन् । हरेक जिम्मेवारीले एउटा नयाँ प्रश्न जन्मायो, हामीले निर्माण गरिरहेको सङ्गठन वास्तवमै जनताको परिवर्तनको साधन बनिरहेको छ कि छैन