काठमाडौँ। नेपालमा पहिलोपटक आयोजना गरिएको ४०औँ लिबर्टी इन्टरनेशनल विश्व सम्मेलन (एलआईडब्ल्यूसी २०२६) तीन दिनको अन्तर्राष्ट्रिय बहसपछि आइतबार काठमाडौंमा सम्पन्न भएको छ । अगस्ट ७ देखि ९ सम्म आयोजना गरिएको सम्मेलनले व्यक्तिगत तथा आर्थिक स्वतन्त्रता, उद्यमशीलता, लोकतान्त्रिक शासन, संविधान, सार्वजनिक नीति, खुला बजार, प्रविधि र डिजिटल स्वतन्त्रतामार्फत आर्थिक समृद्धिको सम्भावनाबारे विश्वव्यापी बहसलाई काठमाडौंमा केन्द्रित गरेको थियो