साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन

  • सोमबार २५ साउन २०८३ ०२:०२ PM
काठमाडौँ । सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवाधिदेव महादेवको पूजा आराधना गरी व्रत बसेका भक्तजनले आज गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । भक्तजनले शिवको विशेष पूजा आराधना गरी साउने सोमबारको व्रत समापन गरेका हुन् । धेरैजसो भक्तजनले भने साउन महिनाका पाँचवटै सोमबार गरेको व्रत समापनका लागि गोदान, पूर्णपात्र गर्ने परम्परा रहिआएको छ ।