कांग्रेस सांसद काउचा भन्छिन्- प्रधानमन्त्री ज्यू, कालो चस्मा खोल्नुस्, तपाई एक्लै हुनुहुन्नँ

  • सोमबार २५ साउन २०८३ ०६:१५ PM
काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले प्रतिपक्षसँग नडराई संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्ने बताएकी छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउचाले संसदले प्रश्न सोध्नु घेराबन्दी नभएको र प्रतिपक्षले जवाफ माग्नु असहयोग नभएको बताइन् ।  ‘प्रधानमन्त्रीज्यू, संसदले प्रश्न सोध्नु घेराबन्दी होइन, प्रतिपक्षले जवाफ माग्नु असहयोग होइन र सरकारलाई सचेत गराउनु अपमान होइन,’ उनले भनिन्। सत्ता पक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफू ‘एक्लो महसुस’ गरेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो भन्दै उनले प्रश्न गरिन्। उनले भनिन्,‘प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो