साउन्ड सिस्टम जोड्दा करेन्ट लागेर बारामा १८ वर्षीय युवकको मृत्यु

  • सोमबार २५ साउन २०८३ ०७:०१ PM
सिमराः बाराको फेटा गाउँपालिका- ७ कुकुरभुक्कामा साउन्ड सिस्टमको तार विद्युत् बोर्डमा जोड्ने क्रममा करेन्ट लागेर एक १८ वर्षीय युवकको मृत्यु भएको छ। स्थानीय लक्ष्मी साह तेलीका १८ वर्षीय छोरा गणेश साह तेलीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।प्रहरीका अनुसार स्थानीय रुप नारायण साह कानुको घरमा शिवगुरुको पूजा आयोजना गरिएको थियो। उक्त पूजामा भजन-कीर्तन बजाउनका लागि स्थानीय महिलाहरूले सामूहिक रूपमा चन्दा सङ्कलन गरेर साउन्ड सिस्टम खरिद गरेका थिए। पूजाको तयारीका क्रममा उक