रास्वपामा २३ नेकपा, २७ एमाले र ३३ कांग्रेसबाट गएका सांसद छन् : प्रचण्ड

  • सोमबार २५ साउन २०८३ ०१:०० PM
काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पुरानै पार्टीहरूबाट गएकाहरूको वर्चस्व रहेको दाबी गरेका छन् । सोमबार सिंहदरबारमा संसदीय मामिलामा कलम चलाउने पत्रकारहरूसँग संवाद गर्दै प्रचण्डले रास्वपामा नेकपा पृष्ठभूमिका २३, एमाले पृष्ठभूमिका २७ र कांग्रेस पृष्ठभूमिका ३३ सांसद रहेको बताए । विकसित पछिल्लो राजनीतिक परिस्थितिमा रास्वपामा गएकाहरू