काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको एकदिवसीय कप्तानमा सन्दीप लामिछाने फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एकदिवसीय टोलीको कप्तान बनाउने निर्णय गरेको हो । सन्दीप सन् २०२२ पछि पहिलोपटक नेपाली टोलीको कप्तानीमा फर्किएका हुन् । उनले पछिल्लोपटक २०२२ अगस्ट ३० मा केन्या भ्रमणका क्रममा नेपालका लागि कप्तानी गरेका