काठमाडौं : सुनसरीको देवानगन्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न माग गरिएको छ। राष्ट्रियसभा सदस्यसमेत रहेका जनता समाजवादी पार्टी नेपालका नेता महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय निर्माण दलका समिम मिया अन्सारीलगायतले एक विज्ञप्ति जारी गरेर उक्त माग गरेका हुन्।विज्ञप्तिमा देवानगन्ज घटनापछि पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौतामा मृतकलाई शहीद घोषणा गर्ने, क्षतिपूर्ति उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारी दिने तथा घटनाको निष्पक्ष छानबिन सात दिनभ