पार्टी विभाजन गर्ने गल्ती नगर्न नेता साउदको आग्रह

  • सोमबार २५ साउन २०८३ ११:१६ AM
काठमाडौं । नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्र विशेष अधिवेशनको माग गरिरहेका नेताहरूलाई पार्टी विभाजनको बाटो नलिन आग्रह गरेका छन् । सोमवार काठमाडौंमा नेपाली काँग्रेस सिन्धु–काठमाडौँले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता साउदले आन्तरिक मतभेदलाई बिर्सेर पार्टी एकतामा जोड दिनुपर्ने बताएका हुन् । सर्वोच्च अदालतले हालै अदालतमा विचाराधीन मुद्दाको सन्दर्भमा डिभिजन बेन्चको फैसलामाथि पुनरावलोकन गर्ने