काठमाडौं । प्रतिनिधि सभामा तीन वटा विधेयक पेश भएका छन् । सभाको सोमवारको बैठकमा सरकारको तर्फबाट मन्त्रीहरूले तीन वटा विधेयक प्रस्तुत गरेका हुन् । बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ प्रस्तुत गरे । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गरे ।