सिटौलाले उठाए निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न

  • सोमबार २५ साउन २०८३ ११:५० AM
काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन आयोगले पार्टीमाथि गरेको निर्णय कानुनसम्मत नभएको दाबी गर्दै सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् । सोमवार काठमाडौंमा नेपाली काँग्रेस सिन्धु–काठमाडौंले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिटौलाले निर्वाचन आयोगको निर्णय बदर भई शेरबहादुर देउवा नेतृत्वको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति पुनः सक्रिय हुने दाबी गरेका