जन्तेढुङ्गा गाउँपालिकाको उदाहरणीय काम

  • सोमबार २५ साउन २०८३ १२:०१ PM
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले उदाहरणीय काम सुरु गरेको छ । पहिलो पटक झण्डै ६० रोपनी बाँझो जमिनमा आलु उत्पादन गरी प्रशंसनीय काम गरेको हो । गाउँका बाँझो जग्गाको खोजी गर्ने र स्थानीयको सहयोगमा स्थानीय लोपोन्मुख खेतीलाई जगेर्ना गर्नेकाम पालिकाले अघि सारेको छ । पालिकाले आलुखेती प्रवर्धन कार्यक्रमअन्तगत वडा नं.४ स्थित डम्बर्खु शिवालयको भञ्ज्याङखर्कमा आलुखेती गरेको