प्रचण्डको संसद् अनुभव : पुराना साथी कोही छैनन्, नयाँमा पोलिटिकल कल्चर नै छैन

  • सोमबार २५ साउन २०८३ ११:१९ AM
काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संसद्मा विगतका अनुभवी राजनीतिक नेताहरूको उपस्थिति नहुँदा आफूलाई कहिलेकाहीँ असहज महसूस हुने बताएका छन् । सोमबार सिंहदरबारमा संसदीय मामिलाका पत्रकारहरूसँगको भेटमा उनले पहिलाका साथीहरू नदेख्दा अनौठो महसूस हुने गरेको बताए । ‘पहिलाका साथीहरू हेर्‍यो, कोही छैनन्, १–२ जना छन्, ती पनि लिडरशिपवाला छैनन्,’ उनले