‘दशैंतिहारपछि बालेन सरकार जान्छ भन्ने त हावादारी कुरा हो तर यो सरकार धेरै जाँदैन’

  • सोमबार २५ साउन २०८३ ११:४० AM
काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको वर्तमान सरकार लामो समय यहीँ अवस्थामा अघि बढ्न नसक्ने टिप्पणी गरेका छन् । संसदीय मामिलामा रिपोर्टिङ गर्ने पत्रकारहरूसँग सोमबार सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा कुराकानी गर्दै प्रचण्डले बालेन नेतृत्वको सरकारलाई समुन्द्रमा कम्पास हराएको जहाजसँग तुलना गरे । उनले सरकारको राजनीतिक