काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यकर्तादेखि नागरिकका गुनासा सुन्न ‘हामी सुन्छौँ’ अभियान सुरुवात गरेको छ । सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा रास्वपाले ‘हामी सुन्छौँ’ अभियानको सुरुवात गरेको हो । नागरिकका गुनासा, समस्या र अमूल्य सुझावहरूलाई प्रत्यक्ष रूपमा सुन्न र सम्बोधनका लागि आवश्यक सहजीकरण गर्नका लागि उक्त अभियान सुरु गरिएको रास्वपाले जनाएको छ