काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहालका स्वकीय सचिवमाथि अनुसन्धान सुरू गरेको छ । आयोगले देउवा प्रधानमन्त्री हुँदा स्वकीय सचिव रहेका भानु देउवा र प्रचण्डकी स्वकीय सचिव एवं छोरी गंगा दाहाल र उनका पति जीवन आचार्यको सम्पत्तिको छानबिन थालेको हो । आयोगले परिवारका सदस्यको नाममा रहेको सम्पत्ति, बैंक खातालगायत वित्तीय विवरण, जग्गाजमिन तथा शेयरसम्बन्धी विवरण संकलन गरिरहेको छ । The post पूर्वप्रधानमन्त्रीद्वय देउवा र प्रचण्डका स्वकीय सचिवमाथि अख्तियारले थाल्यो छानबिन appeared first on Kalika Khabar.