इण्डक्सन चुल्हो बाँड्ने योजना ल्याउन सरकारसँग रास्वपा सांसदको माग

  • सोमबार २५ साउन २०८३ १०:२५ AM
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले ग्यासको अभावबाट नागरिकले भोगिरहेको सास्ती अन्त्य गर्न तत्काल इन्डक्सन चुल्हो वितरणको योजना ल्याउन सरकारसँग माग गरेकी छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले खाना पकाउने ग्यासका लागि सर्वसाधारण मध्यरातसम्म लाइनमा बस्नु परेकोतर्फ समेत सरकारको ध्यानाकर्षण गराइन् ।