साँगुरीगढीको हर्चुवामा बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

  • सोमबार २५ साउन २०८३ ०४:०१ PM
धनकुटा : साँगुरीगढी गाउँपालिका–८ हर्चुवास्थित खहरे खोल्सीबाट प्रहरीले वेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार सोमबार बिहान करिब १०:२० बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी गस्ती टोलीले पालिकाका विभिन्न स्थानमा गस्ती गर्ने क्रममा ढुंगाको चेपमा लुकाइराखेको अवस्थामा उक्त बन्दुक फेला पारेको हो। प्रहरी टोलीले एक नाले भरुवा बन्दुक बरामद गरी जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएको छ।बरामद भएको बन्दुक कसको हो र कुन प्रयोजनका लाग