कपिलवस्तु : कपिलवस्तुको यशोधरा गाउँपालिका–८ शिवखोरस्थित वाणगंगा नदीमा पौडी खेल्ने क्रममा बेपत्ता दुई बालकको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी सुरु गरेको छ। शनिबार दिउँसो गाईवस्तु चराउन गएका स्थानीय १४ वर्षीय सर्फराज मुसलमान र १४ वर्षीय उबेद मुसलमान आइतबार साँझ नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।बेपत्ता बालकको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम प्राप्त टोली, नेपाल प्रहरी तथा स्थानीयवासीको समन्वयमा शनिबार र अइतबार खोजी गरिए पनि उनीहरूको अवस्था पत्ता लाग्न