प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसद् आउन रोक लगाउन एमाले सांसदको माग

  • सोमबार २५ साउन २०८३ ०९:३४ AM
काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले संसद्को गरिमा कायम गर्न सांसद, प्रधानमन्त्री तथा मन्त्रीका लागि औपचारिक पोसाक अनिवार्य गर्न माग गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले संसदमा टिसर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सललगायतका पोसाकमा संसद्को लोगो प्रयोग गर्न रोक लगाउनुपर्ने बताए । उनले बैठकमा सांस्कृतिक