काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ मा विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशकको नियुक्ति, योग्यता, काम कर्तव्य र अधिकारका प्रावधानबारे छलफल भएको छ । समितिको आजको बैठकमा सो विधेयकमाथिको दफाबार छलफलअन्तर्गत आज सांसदहरूबाट प्रयोगशालाको कार्यकारी निर्देशक नियुक्त गर्दा विधेयकमा प्रस्तावित शैक्षिक योग्यताका साथै जातीय विभेद तथा