काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्कै व्यक्तिको अश्लील भिडियो ल्याएर आफूविरुद्ध भ्रम फैलाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले आफू संसद्मा अग्निपरीक्षा दिन उभिएको बताए । ‘नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले गलत र भ्रामक सूचनाका कारणले आफूले पीडादायी घाँटी रेटिएर आत्महत्या गरेको इतिहास