काठमाडौं : एमाले संसदीय दलको सचेतकमा नीता घतानीले विपक्षी दल सदनका प्रतिपक्षी भएपनि नेपालका विपक्षी नभएको बताएकी छन्। आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेको सीमाबारेको अभिव्यक्तिलाई विरोध गर्दै उनले नेपालको भूगोल, राष्ट्रिय स्वाभिमान र नेपाली जनताको आवाज बोकेर संसदमा उभिएको बताएकी हुन्।उनले सीमा नेपालको भूगोल, सार्वभौमसत्ता स्वाभिमान पुर्खाले जोगाएर हामीलाई सुम्पिएको नेपाली अस्तित्व भएको उल्लेख गरिन्। ‘हामी यो सदनका प्रतिपक्षी हौँ, नेपालका विपक्षी होइनौँ। यो सदन अवरुद्ध गर्ने