दलितका समस्यामा सरकार गम्भीर भएन, ठोस योजनासहित अगाडि बढौं : सांसद विक

  • सोमबार २५ साउन २०८३ ०३:०१ PM
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेश विकले सरकारलाई दलित समुदायप्रति गम्भीर बन्न आग्रह गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले नेपालको संविधानको मर्म र भावनाको सम्बोधन हुनेगरी एकीकृत कानून निर्माण गर्न, दलित अधिकार दशक घोषणा गर्न माग गरेका हुन्।उनले दलित विकास प्राधिकरण गठन गरी दलित समस्या सरकारको पहिलो प्राथमिकतामा राखी गौरवको योजनाको रूपमा बजेटसहित कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।विकले दलित भूमिहिन, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्या स्था