काठमाडौं : ललितपुरको कुपण्डोलस्थित एउटा तीनतले घर। घरको चारैतिर सीसीटीभी क्यामेरा। सुरक्षाका लागि बाहिर कुकुर। घरभित्र प्रवेश गरेपछि पनि तीनवटा फलामे ढोका। अनि माथिल्लो तलामा छुट्टै कोठा–जहाँबाट लागुऔषधको कारोबार चल्थ्यो।प्रहरीका अनुसार यही घरलाई ‘ड्रग डिलिङ अफिस’ बनाएर लागुऔषधको कारोबार गर्दै आएका ललितपुर महानगरपालिका–१ कुपण्डोलका प्रज्ज्वल केसी हाल जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन्। केसीलाई प्रहरीले घरबाटै ११० ग्राम ३५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो