काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेशकुमार विश्वकर्माले दलित समुदायको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको संरचनागत बहिष्करण तथा भूमिहीनताको सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले विगतमा सरकारले दलित समुदायका लागि छात्रवृत्ति, स्थानीय तहमा सहभागिता, राष्ट्रिय दलित आयोग, छुवाछुतमुक्त राष्ट्र घोषणा, जनता आवास