काठमाडौं । नेकपा (एमाले) की सांसद नीता घतानीले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सत्तारुढ दलका सांसद हरि ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद घतानीले सिंहदरबारको नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्नुपर्ने अभिव्यक्तिको विरोध गरेकी हुन् । सांसद ढकालले आइतबार एक सार्वजनिक कार्यक्रममा सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए ।